दाङ, ८ फागुन ।
दाङमा आउँदो शुक्रबार ९फागुन १२ गते० देखि जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । प्रत्येक बर्ष आयोजना हुने रनिङशिल्ड प्रतियोगिता यसवर्ष आउँदो १२ गतेदेखि १४ गतेसम्म बेलझुण्डी रङ्गशालामा हुने भएको हो ।
जिल्लाभरका १० स्थानिय तहका रनिङ्ग शिल्डका प्रतियोगितामा छनौटमा परेका खेलाडीहरुले जिल्लास्तरिय प्रतियोगितामा सहभागी हुने भएका छन् ।
जिल्लास्तरिय रनिङ शिल्ड अन्तर्गत चार विधामा प्रतियोगिता हुने भएको हो । जस अनुसार महिला तथा पुरुष भलिबल, महिला तथा पुरुष कबड्डी, एथलेटिक्स, कराते प्रतियोगिता हुने भएका हुन् । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले आगामी फागुन ११ गते कार्यालय समयसम्म नाम दर्ता गर्न सकिने दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार हमालले बताउनुभयो ।
जिल्ला प्रतियोगितामा छनोटमा परेका खेलाडीहरुलाई आगामी फागुन १९ गतेदेखि २१ गतेसम्म बुटवलमा आयोजना हुने प्रदेशस्तरिय प्रतियोगितामा समावेश गरिने उहाँले बताउनुभयो । त्यस्तै प्रदेशस्तरको प्रतियोगितामा जित हासिल गर्ने खेलाडीले आगामी फागुन २४ देखि २६ गतेसम्म काठमाण्डौमा आयोजना हुने केन्द्रिय रनिङ शिल्डमा समाबेस हुने उहाँले बताउनुभयो ।