२०८० फाल्गुन १७ गते बिहिवार

स्वास्थ्य मन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान



काठमान्डौ १०,फागुन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थानगर्नुभएको छ।
स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उहाँ गए राति त्यसतर्फ प्रस्थान गरेको उहाँको सचिवालयले जानकारी दिएको छ।

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ।

मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी स्वीटजरल्याण्ड जानुभएको छ।

मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार