२०८२ फाल्गुन २६ गते मङ्गलवार

राष्ट्रपतिका दुवै उम्मेदवारविरूद्ध उजुरी परेन



 

दाङ, १४ फागुन ।
राष्ट्रपति पदका दुवै उम्मेदवारको विरोधमा कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले हिजो उम्मेदवारी दर्ता गराउनुभएको थियो् ।

काँग्रेसका वरिष्ठ नेता पौडेलले आठ दलको समर्थनमा उम्मेदवारी दिनुभएको छ भने एमाले उपाध्यक्ष नेम्वाङको मनोनयनमा उहाको दल नेकपा एमाले मात्रै समर्थक रहेको छ । राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार