तुलसीपुर, १५ फागुन ।
दाङको तुलसीपुरमा आज (सोमवार) सम्म ६३ प्रतिशत नागरिकले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन् । अभियानको पाँचौ दिन आज १६ हजार ४ सय ७३ जनाले हात्तिपाईले विरुद्धको औषधि सेवन गरेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो ।
तुलसीपुरमा आजसम्म १ लाख १६ हजार ४ सय ३ जनाले हात्तिपाईले विरुद्धको औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक केसीले वताउनुभयो ।
उहाँले तुलसीपुर उपमहानगरपालीकाका १९ वटा वडाहरुमध्य औषधी सेवन अभियानमा ८० प्रतिशत भन्दा कम नागरीक उपस्थीत भएका वडाहरुमा जनप्रतिनिधि,सामाजिक अभियन्ता,सरोकारवाला लगाएत सम्पुर्ण नगरवासीलाई सहभागी भई कार्यक्रमलाई सफल वनाउन अनुरोध गर्नुभएको छ ।
कुन वडामा कतिले खाए ?
प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार