२०८२ बैशाख ८ गते सोमवार

आज पनि वर्षाको सम्भावना, भोलिदेखि क्रमिक रुपमा मौसममा सुधार



दाङ,७ चैत
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

यस्तै, आज राति पनि केही ठाउँमा हावाहुरीसहित मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण केही दिनदेखि देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।

लगातारजसो मौसम बदली भइ पानी परिरहेकाले चिसो भएको छ । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्ने जाने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार