२०८१ साउन ८ गते बुधवार

लमही विद्युत केन्द्रको सबस्टेसनमा आगलागी



दाङ, २३ चैत ।
नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्रको सबस्टेसनमा आगलागी हुँदा विद्युत सेवा अबरुद्ध भएको छ । आज दिउँसो १ बजेको समयमा आगलागी हुँदा देउखुरी क्षेत्रको पुरै विद्युत सेवा अवरुद्ध भएको हो ।

बुटवल लाइन अन्र्तगत रहेको ११ केभि प्रसारण लाइनको केवलमा क्षेति पुगेको लमही वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिनु भएको छ । सबस्टेसन भित्र रहेको अजम्बरी सामुदायीक बन हुँदै लागेको आगोले भुइमा भएका तारहरु जल्दा सबस्टेसनमा क्षेति पुगेको उहाँले बताउनुभयो ।

अहिले लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकाको पुरै लाइन अरुद्ध भएको छ । सवस्टेसनको मर्मत कार्य भइरहेको प्रमुख लामिछानेले बताउनुभयो । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमलकले आगो नियन्त्रणमा लिएकोे हो ।

आगो कहाँबाट आयोरु र कसले लगायो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रमुख लामिछानेले बताउनुभयो । सवस्टेसन मर्मत भएपछि मात्र क्षतिको एकिन विवरण आउने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार