२०८१ माघ १२ गते शनिवार

राप्ती नदीमा बेपत्ता भएका बालकको शव भेटियो



दाङ, २४ गते ।
दाङको राप्ती नदीमा बगेर वेपत्ता भएका बालकको शव भेटिएको छ । प्यूठानको झिमरूक गाउँपालिका ८, टिमुरेचौरका अन्दाजी १३ वर्षीय बिबेक सुनार हिजो दिउँसो राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको थियो ।

आज मध्यान्ह करिव १२ बजेको समयमा सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटरको टोलीले वेपत्ता भएकै ठाउँमा गाँडिएको अवस्थामा शव फेला पारेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख उज्जवल बहादुर सिंहले जानकारी दिनुभयो ।

सवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको छ ।।

प्रकाशित मिति : २०७९ चैत्र २४ गते शुक्रवार