२०८१ माघ ४ गते शुक्रवार

घोटैली गोत्यार समाजको तेस्रो केन्द्रिय सम्मेलन



घोराही ९ बैशाख ।

घोटैली गोत्यार समाजको शनिवार घोराहीमा सम्पन्न तेस्रो केन्द्रिय सम्मेलनले बर्दियाका फिरु घोटैलीको अध्यक्षतामा २१ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति चयन गरेको छ । समाजले आगामी ३ बर्षका लागि नयाँ पदाधिकारी तथा सदस्यहरु चयन गरेको हो ।

यसैगरी सम्मेलनले समाजको पदाधिकारीमा उपाध्यक्षमा राज बहादुर घोटैली (कञ्चनपुर), महासचिवमा प्रकाश घोटैली, (दाङ) सचिवमा वुद्धिराम घोटैली (कैलाली) कोषाध्यक्षमा बीना घोटैली (बाँके) लाई चयन गरेको हो ।

यसैगरी सम्मेलनले अन्य सदस्यहरुमा दाङवाट मान बहादुर घोटैली, खुसीराम घोटैली, रमेश घोटैली, बुधनी घोटैली, सन्तोष घोटैली रहनुभएको छ ।
कैलालीवाट गुरु प्रसाद घोटैली, जीत वहादुर घोटैली, टिकाराम घोटैली, जगदिश घोटैली, बर्दियावाट अमिलाल घोटैली, पतिराम घोटैली, छोटेलाल घोटैली, मोहन घोटैली, बाँकेवाट मुकुन्द घोटैली, प्रमिला घोटैली, र वीर वहादुर घोटैली (कञ्चनपुर) रहनु भएको छ ।

समाजका अध्यक्ष फिरु घोटैलीको अध्यक्षता र थारु देशवन्ध्या गुर्वा तथा घोराही उपमहानगरपालिका -२ का वडा अध्यक्ष चित्र वहादुर चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बहुआयामिक समाजमा बहुधर्म, बहुसंस्कृति, बहुभाषा भित्र पनि आ–आफ्ना मुल्य मान्यताहरु रहेकाले त्यसको संरक्षण र प्रवर्दन गर्नुपर्ने बताएका थिए ।
थारु भाषा, कला, संस्कृति, पहिचानहरु नयाँ पुस्तामा हस्तान्तरण र ग्रहण गर्ने समस्यालाई समाधानका लागि सबै गोत्यारहरु संगठित रुपमा सशक्तिकरण र जागरण अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वुद्धिजिवि डा। कन्हैलाल घोटैली, महेन्द्र वहुमुखि क्याम्पस दाङका सहायक प्रमुख केवि चौधरी, थारु पत्रकार संघका केन्द्रिय सल्लाहकार सन्तोष दहित, थारु अभियन्ता विकास घोटैली, थारु कल्याणकारिणी सभाका केन्द्रिय पार्षद प्रकाश घोटैली, थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरी, घोटैली गोत्यारका केन्द्रिय सल्लाहरकार पल्टुराम घोटैली, समाजका पुर्व सचिव वुद्धिराम चौधरी, लगायतले सम्मेलन सफल्ताको शुभकामना दिएका थिए ।

समाजका दाङ जिल्ला अध्यक्ष लाल वहादुर घोटैलीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण दुर्गा नारायण चौधरीले गरेको महासचिव प्रकाश घोटैलीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ९ गते शनिवार