दाङ, १३ बैशाख ।
लागुऔषध ब्राउनसुगर सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दगीशरण गाउँपालिका-३ हेकुलीका ३७ वर्षीय श्रृखल पौडेल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।
गएराती सोही ठाउँमा लागुऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई एकसय मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार

