२०८१ असार ४ गते मङ्गलवार

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान



काठमाण्डौ, २१ वैेशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतवार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा वैशाख २४ गते दिउँसो ४ बजे आह्वान गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका सांसद र राष्ट्रिय सभाका सदस्यलाई तोकिएको मिति, समय र ठाउँमा त्यस दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा. भरतराज गौतमले निकाल्नुभएको सूचनामा उल्लेख छ ।

बर्खे अधिवेशनका रूपमा रहेको यस अधिवेशनको सुरुमै पूर्वबजेट छलफल हुनेछ । यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आय–व्ययको विवरण (बजेट)प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार