२०८१ चैत्र ४ गते सोमवार

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल दाङको दोस्रो अधिवेसन समपन्न



तुलसीपुर,२३ बैशाख ।
प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल दाङको दोस्रो अधिवेसन घोराहीमा समपन्न भएको छ ।संस्थाकाअध्यक्ष विक्रमवावु के.सी को अध्यक्षता,नेकपा एमाले दाङका सचिव मनोहर वुढाथोकीको प्रमुख आतिथ्यता एव्म प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल लुम्विनी प्रदेशका अध्यक्ष दिपक भट्राईको विशिष्ठ आतिथ्यतामा साधारणसभा भएको हो । कार्यक्रममा वोल्ने वक्ताहरुले इन्जिनियरहरुको पेशागत अवस्था र मर्यादालाई आत्मसाथ गर्दे काम गर्नुपर्ने धारणा राखेका थिए।


आज शनिवार सम्पन्न दोस्रो अधिवेसनवाट ई.गिरीराज पौडेल को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरीएको छ । उपाध्यक्षमा ई.मालती दसौती,सचिब ई.पिताम्बर पुन,सहसचिब ई.श्रीनारायण चौधरी,कोषाध्यक्ष ई.सतन पाण्डे रहनुभएको छ । यस्तै सदस्यहरुमा ई.आर.आर.चौधरी,ई.सुबास पुलामी, ई.रमेश शर्मा, ई.पदम बहादुर गिरी,ई.भानु पुन र ई.श्रीधर डाँगी रहनुभएको छ ।

 

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार