काठमान्डौँ,५ जेठ ।
सरकारले आज (शुक्रबार) नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। सरकारले आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ। सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संंवैधानिक व्यवस्था छ। त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ।
प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार