२०८१ चैत्र ५ गते मङ्गलवार

तुलसिपुर जेसिजले सप्ताहव्यापी कार्यक्रम गर्ने



तुलसीपुर, १२ जेठ ।
तुलसीपुर नगर जेसीजले जेठ १३ गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । जेसिजले बिहिबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर एक हप्तामा गरिने विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

जेसिजले पहिलो रक्तदान, दोस्रो दिन इन द स्कुल, तेस्रो दिन नगरस्तरीय खुल्ला ब्याटमिण्टन प्रतियोगिता, चौथो दिन न्यायिक समितिसंग अन्तरक्रिया, पाँचौँ दिन ब्लड ग्रुपिङ, छैठौँ दिन योग शिविर र सातौँ दिन स्लो बाइक रेस प्रतियोगिता कार्यक्रम गर्ने छ ।

जेठ १३ गते शुरु भएको कार्यक्रम जेठ २० गते समापन गरिने सप्ताह मूल संयोजक शैलेन्द्र कुमार वलीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा कार्यक्रमको उद्देश्यमाथि तुलसीपुर नगर जेसीजका अध्यक्ष शालिकराम वलीले पार्नुभयो । कार्यक्रम संयोजक बुद्धीराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव सन्दिप भुषालले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार