२०८० फाल्गुन १३ गते आइतवार

लुम्बिनी प्रदेश स्तरीय रग्वी प्रतियोगिता दाङमा शुरु



दाङ,२६ जेठ ।
लुम्बिनी प्रदेश रग्वी संघको आयोजनामा आज (शुक्रवार) देखि दाङको बेलझुण्डी रङ्गशालामा प्रदेश स्तरीय रग्वी प्रतियोगिता शुरु भएको छ ।
लुम्बिनी प्रदेश रग्वी संघ का अध्यक्ष नविन थापाको अध्यक्षता तथा लुम्बिनी प्रदेश राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्राई को प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालीका उपप्रमुख स्यानी चौधरीको विशिष्ठ आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि भट्राइले लुम्बिनी प्रदेश रग्वी संघले आयोजना गरेको कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

भट्राइले रग्वी खेलले अन्तराष्टिय मान्यता प्राप्त गरेको उल्लेख गर्नुभयो ।उहाँले सात प्रदेश मध्य रग्वी खेलको आर्कषण लुम्बिनी प्रदेशमा धेरै रहेको भन्दै यसलाई अझै आर्कषणमुखी बनाउन आफु तयार रहेको बताउनुभयो । रग्वी खेलले गति समातेको उल्लेख गर्दे उहाँले खेललाई प्रर्तिष्पर्धाको रुपमा नभई मित्रतापुर्वक खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका उपप्रमुख स्यानी चौधरीले खेल क्षेत्रको बिकासका लागी स्थानीय सरकार तयार रहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश रग्वी संघ दाङका अध्यक्ष डम्बर भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गर्नुभएको थियो ।
खेलकुद कार्यक्रम जेठ २७ गते भोली (शनिवार) सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आजको उद्घाटन खेल वाँके र बिश्वविद्यालय विच जारी छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार