२०८१ असार ४ गते मङ्गलवार

गर्मी बढेपछि बबईका बिद्यालय छ दिनलाई बन्द



बबई,२६ जेठ।
दाङको बबई गाँउपालिकाले अत्याधिक गर्मीका कारण पालीका भित्रका सामुदायिक तथा निजी शैक्षिक संंस्थामा छ दिन पठन–पाठन स्थगीत गर्ने निर्णय गरेको छ ।

केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठन सञ्चालनमा कठिनाइ भएपछि गाँउपालीकाले जेठ २८ देखि आषाढ १ गते सम्म  बिदा दिने निर्णय गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मोहोनलाल दाहालले बताृनुभयो ।

मौसमविदका अनुसार अझै केहि दिन सम्म तापक्रम वृद्धि रहने अनुमान रहेकाले वार्षिक कार्यघन्टा नघट्ने गरी शैक्षिक क्यालेन्डरमा निर्धारण गरीएको वार्षिक विदा संसोधन गरीे मिलान गर्ने गरी बबई क्षेत्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा बिदा दिने निर्णय भएको शिक्षा शाखा प्रमुख मोहोनलाल दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसअघि दाङको तुलसीपुर उपमहानगरपालीका,घोराही उपमहानगरपालीका,राजपुर गाँउपालीका,गढवा गाँउपालीका र राप्ती गाँउपालीकाले गर्मीका कारण विद्यालयमा पठन–पाठन कार्य स्थगीत गरेका छन ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार