दाङ, ७ असार ।
दाङको शान्तीनगर गाउँपालिकामा शिक्षा अधिकृत माथि हातपात भएको छ । आज दिउँसो ४ बजे सबै कर्मचारीहरुले काम गरि रहेको अवस्थामा शान्तीनगर गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष सुनिल ओलीले शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको गाउँपालिकाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
वडा अध्यक्ष ओलीले संघिय सरकारको सर्शत बजेट अन्तरगतको जनकल्याण मावि सिमसुन्दरपुरमा स्थापना हुने पस्तकालय सम्झौताको फाइल मागेर विवाद झिकेको बताइएको छ ।
सोही विषयको छलफलमा तर्क, विर्तक हुँदा शिक्षा अधिकृत पाण्डेमाथि ओलीले हातपात गरेको भनाइ छ । वडा अध्यक्ष ओलीले पटक-पटक यस्तो काम गरेकाले कारबाहीको लागि माग गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार