२०८१ जेष्ठ ३१ गते बिहिवार

तुलसिपुर नगर स्तरिय कराते संघको अध्यक्षमा : केसि



तुलसिपुर,७ भदौ  ।
तुलसिपुर नगर स्तरिय सियोरियो कराते संघको अध्यक्षमा देउचन केसि चयन भएका छन ।

नेपाल सितोरियो कराते तुलसिपुर नगर स्तरका सिनियर खेलाडिहरुको आज तुलसिपुरमा सम्पन्न भेलाले देउचन केसि अध्यक्ष रहेको सात सदस्य नगर स्तरिय सितोरियो कराते संघ गठन गरिएको हो ।

जसको उपाध्यक्षमा सुरेश नेपाली, सचिव दिनेश केसि,कोषाध्यक्ष पुष्पा नेपाली, रहेका छन् । त्यसैगरी संघको सदस्यमा प्रदिप चौधरी,समृद्धि ती खत्री र साहिल चौधरी रहेको संघका सचिव दिनेश केसिले जानकारी दिएका छन् ।

भेला नेपाल सितोरियो कराते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपालीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कराते महासंघका अध्यक्ष पदम बहादुर बस्नेतको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ती सोमैको रोहवरमा भएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार