२०८२ बैशाख ९ गते मङ्गलवार

बिदेश बाटै शारदाको गाउदिन भन्छु तिज गित सार्बजनिक (भिडियो सहित)



न्युयोर्क,१३ भदौ ।

बिदेशी भुमीलाई कर्मथलो बनाएर नेपाली लोक संस्कृतिलाई निरन्तरता दिदै आएकी शारदाको तिज गित बजारमा आएको छ ।

नेपाली महीलाहरुको महान पर्व हरीतालीका तिजको अवसर पारेर तिज गित बजारमा ल्याउदै आएकी शारदाले यस वर्ष पनि तिज गित सार्वजनिक गर्न सफल भएकी हुन् ।

पुर्व सञ्चारकर्मी समेत रहेकी शारदा धितालले यस बर्ष गाउदिन भन्छु तिजको भाका बोलको गित सार्वजनिक गरीकी छिन् । माया प्रेमको कथा बस्तु समेटीएको उक्त गितमा उमेरमै रमाईलो गर्नुपर्छ भन्ने सन्देश दिन खोजीएको छ ।

पछिल्लो समय अमेरीकालाई कर्मथलो बनाएकी गायिका धितालले २०७३ सालदेखी हरेक बर्ष तिज गित बजारमा ल्याउदै आएकी छिन भने अन्य गितहरु पनि बजारमा आई सकेका छन् ।

यस बर्ष भर्खरै सार्बजनिक गरीएको गाउदिन भन्छु तिजको भाका बोलको गितमा स्वर धितालको एकल रहेको छ भने शब्द र लय पनि शारदाकै छ । साहित्य बिधामा पनि अब्बल मानीएकी धिताल बिदेशी भुमीमा रहेर पनि बिभिन्न नेपाली संघसंस्थामा जोडीएर समाज सेवामा पनि लागी परेकी छिन् ।

शारदाको भर्खरै सार्बजनिक गरीएको गित अमेरीकामै रेर्कट गरीएको हो भने गितको संगित केशब पौडेलले गरेका हुन र एरेन्ज बिपिन आचार्यले गरेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार