२०८१ बैशाख ११ गते मङ्गलवार

दाङसहित तीन जिल्लामा अट्वारीको सार्वजनिक बिदा



दाङ, २८ भदौ । दाङसहित तीन जिल्लामा आउँदो आइतबार सार्वजनिक बिदा हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङ, बाँके र बर्दियामा सार्वजनिक बिदा दिने भएको हो ।

भदौ ३१ गते पर्ने अट्वारीको दिन सम्बन्धित समुदायलाई विदा दिने निर्णय गरेको हो । लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएको हो ।

थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु जातीको बाहुल्यता भएका यी तीन जिल्लामा प्रदेश सरकारले विदा दिने भएको हो ।

गत चैत १७ गतेको निणर्य अनुसार विदा दिईएको अधिकृत माधव शर्माले जारि गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार