२०८१ जेष्ठ १६ गते बुधवार

चोरी मुद्धाका फरार प्रतिवादी घोराहीबाट पक्राउ



तुलसीपुर, ६ असोज ।
दाङमा चोरी मुद्धाका एक जना फरार प्रतिवादी घोराहीबाट पक्राउ परेका छन् । प्रहरीले राजपुर गाउँपालिका ४ दुलैया बस्ने २२ वर्षीय संगम हरिजनलाई घोराही-१५ सहिदगेट नजिकैबाट पक्राउ गरेको हो ।

उनलाई दाङ जिल्ला आदलतले २०७९ साल पुस २४ गते चोरी मुद्धामा ३ महिना कैद र २५ हजार रुपैया जरिवानाको फैसला गरेको थियो । त्यसपछि फरार रहेका हरिजनलाई खोजतलास गर्दै जाँदा घोराहीबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

पक्राउ परेका हरिजनलाई शुक्रबार नै जिल्ला अदालत दाङमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार