
दाङ, १४ असोज ।
रोल्पाका एक परिवारले उपचारमा सहयोग गरिदिन अपिल गरेका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ८ चिउरीपानीका हाल तुलसीपुर ५ बस्दै आएका ३४ बर्षिय हिराबहादुर योगीको मुटुको भल्भमा समस्या देखिएपछि उपचारमा समस्या भएको छ ।
अन्य आयश्रोत नभएको र आर्थिक अवस्था पनि निकै कमजोर भएकाले उपचारमा समस्या भएको पारिवारीक स्रोतले जनाएको छ । योगीको अहिले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौमा उपचार भइरहेको छ ।
हालसम्म उहाँको उपचारमा १० लाख बढि खर्च भइसकेको छ भने अब मुटुको अप्रेसन गर्न अझै १५ देखि २० लाख लाग्ने भएपछि उपचारमा समस्या भएको योगीका भाइ प्रकाश योगीले बताउनुभयो । उहाँले आफ्नो दाईको उपचारमा सहयोग गरिदिन सबैमा अपिल गर्नु भएको छ ।
सहयोग गर्नको लागि एनआइसी एसिया बैंकको खाता नम्बर ०९२५७५०७४७००२००१ म सकेको सहयोग गरिदिन आग्रह गर्नु भएको छ । यसैगरी ९८४९१४९७०८ मा सम्पर्क गरि सहयोग गर्न अपिल गर्नु भएको छ ।