
दाङ, १४ असोज ।
दाङमा लागु औषध मुद्दाका फरार प्रतिवादी ८ महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको गढवा गाँउपालिका वडा नंम्बर ४ गंगापुरका २४ वर्षिय अभिषेख पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
दाङ जिल्ला अदालत बाट २०७९ फागुन १८ गते लागुऔषध मुद्दामा ९ महिना ७ दिनको कैद फैसला भई फरार रहेको उनलाई हिजो शनिबार लमही नगरपालिका वडा नंम्बर ६ देबपुरमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरिएको हो ।
उनलाई आज जिल्ला अदालत घोराहीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार