२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा श्रीमान-श्रीमति कोठाभित्र मृत अवस्थामा फेला



दाङ, २० असोज ।
तुलसीपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर- ९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना युवा-युवती मृत अवस्थामा भेटिएका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङका अन्दाजी २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका वडा नम्बर १२ अम्रै टाकुराका अन्दाजी २१ वर्षिय पबित्रा डाँगी एउटै कोठामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवक झुण्डीएको अवस्थामा फेला परेका छन् भने युवतीको बेडमा फेला परेकी छन् । घटनाको प्रकृती हेर्दा आत्महत्या गरेको हुन सक्ने डिएसपी पोखरेलले बताउनुभयो । भित्रबाट चुकुल लगाएको अवस्थामा फेला परेको हुँदा पनि आत्महत्या भएको हुन सक्ने उहाँको भनाई छ ।

शनिबार बिहान अबेरसम्म नउठेपछि घर धनि राम बहादुर राम्जाले प्रहरीलाई खबर गर्नुभएको थियो । दुवै जनाले तुलसीपुरमा कोठा भाडामा बसेर दैनिक ज्याला मजदुरी गर्ने गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार