काठमाण्डौ १४ कार्तिक ।
दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका मध्ये थप दुई नेपालीको शवको पहिचान खुलेकोे छ ।
दक्षिणी इजरायलमा गत अक्टोबर ७ मा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन-१ सुनसरीका राजेशकुमार स्वणर्कार र सपही -६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो ।
दुबैको शवको पहिचान खुलेको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ । सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’ भनिएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार