२०८२ बैशाख ८ गते सोमवार

विश्वकप छनाेटमा भोली नेपाल यमनसँग खेल्दै



काठमाडौं,४ मंसीर । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि (मङ्गलवार) यमनसँग खेल्दैछ ।

समूह एच अन्तर्गतको यो खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्दैछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल भोलि बेलुकी ७ बजेपछि शुरु हुनेछ ।

एसियाको वरीयतामा पछि रहेको नेपाल एसिया क्षेत्रमा दुई लेगको प्रारम्भिक चरणको छनोट पार गरेर समूह चरणामा पुगेको हो । लाओस विरुद्ध दुई लेगको खेलमा २-१ को जित निकाल्दै नेपाल दोस्रो चरणमा पुगेको थियो ।

गएको कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल यूएईसँग ४–० को गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर ४ गते सोमवार