२०८२ बैशाख ८ गते सोमवार

बिजौरी उवासघंको कार्यसमितिले पायो पुर्णता



बिजौरी,मंसिर ९ ।
बिजौरी उद्योग बाणिज्य सघंको कार्यसमितिले पुर्णता पाएको छ ।

सघंको विधान अनुसार गत कात्तिक २५ गते कार्यसमितिको बैठक बसी २ जना सदस्य र ३ जना सल्लाहकारहरु मनोनित गरिएको थियो । नयाँ नेतृत्व आएको ४ महिनापछि कार्यसमितिले पुर्णता पाएको सघंका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।

यसैबिच मनोनित गरिएका सदस्य तथा सल्लाहकारहरुलाई शनिवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा स्वागत–सम्मान गरिएको छ ।

सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मनोनित सदस्यहरु ओमराज सुवेदी,सुनिल डाँगी र सल्लाहकारहरु अम्मर बहादुर खड्का,बिष्णु चौधरी,दुर्गा बस्नेतलाई बधाई तथा स्वागत–सम्मान गरिएको महासचिव बस्नेतले जानकारी दिए ।

त्यस अवसरमा बोल्दै उनीहरुले सघं गर्ने हरेक क्रियाकलापमा कुशलता पुर्बक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस कार्यक्रममा भर्खरै सरुवा भएर हेमन्तपुर प्रहरी चौकीमा आएका इन्चार्ज मेघराज डाँगीलाई स्वागत तथा सम्मान गरिएको छ ।

बिजौरी उद्योग वाणिज्य सघंका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार