२०८२ मङ्सिर २३ गते मङ्गलवार

सेन्टर बम्नै टोलको आठाैँ वार्षिक साधारणसभा



तुलसीपुर, ९ मंसिर ।
सेन्टर बम्नै टोल विकास संस्थाको आठाैँ वार्षिक साधारण सभा आज (शनिवार) तुलसीपुरमा भएको छ ।

तुलसीपुर उमानगरपालीका वडा नं ७ बम्नैमा रहेको टोल विकास संस्थाको साधारणसभा एक कार्यक्रमकाविच सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जगत केसीकोे अध्यक्षता,तुलसीपुर उपमहानगरपालीका वडा नं ७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यता,शिवशक्ती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ऋषिराम पोख्रेल तथा समाजसेवी प्रेम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका वडा अध्यक्ष जिसीले टोल विकास संस्थाका सदस्यहरुको सक्रियता देखेर आफु खुशी भएको बताउनुभयोे । समुदायको विकासका लागी टोलवासी नै सक्रिय हुनपर्ने भन्दै विकास निर्माणमा देखिएको चासोलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

सेन्टर बम्नै टोल विकास संस्था अन्र्तगत पर्ने बैैकुन्ठ रानीघाट वग्गे शवदाह निर्माणकालागी वडाको तर्फवाट पाँच लाख रुपैया विनियोजन भएको जानकारी दिनुभयो । सोही क्षेत्रवाट घुसरी जोड्ने पुल निर्माणकालागी संघ सरकारसंग पहल भैरहेको समेत बताउनुभयो ।

कार्यक्रममा टोल विकास संस्थाको नवनिर्मित प्रतिक्षालयको खर्च विवरण समेत सार्वजनिक भएको छ । तुलसीपुर उपमहानगरपालीका वडा नं. ७ बाट विनियोजित ४५ हजार र संस्थाको तर्फवाट ६५ हजार जनश्रमदान सहित कुल १ लाख पाँच हजारमा निर्माण गरीएको बताइएको छ ।

संस्थाका सदस्य नाराण्ण पोखरेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा तिर्थ खत्री,कृष्ण पोखरेल,भेगप्रसाद भण्डारी,युवराज पौडेल,मिना नेपाली लगाएतकाले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रमको सहजीकरण ईश्वरी पौडेलले गर्नुभएको हो ।

 

 

 

 

 

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार