दाङ,१८ मंसिर ।
मानवता , राष्टियता, परोपकार, राष्ट्र प्रेम र जन्मदिने माता पिताको महत्त्व बोध गराई, प्रेम सदभाव, करुणा जन्जनमा, मन मनमा पुर्याउने उदेश्यले तुलसीपुरमा आमा सेमीनारको आयोजना भयो ।
सडक मानवहरुको आश्रयस्थल मानव सेवा आश्रमले तुलसीपुर दाङले विभिन्न समयमा यस्ता सिर्जनात्मक कार्यक्रम गर्दे आएको छ ।
शनिवार(मङ्सिर १६ गते ) दाङको तुलसीपुरमा रहेको कराही इभेन्टको हलमा अन्य दिनमा भन्दा आयोजित कार्यक्रमको दृश्य फरक देखिन्थ्यो ।
सबैका आँखा रसाएका थिए ।ओभाना आँखा देखिएनन हलमा वर्षातमा फुटेको मुल जस्तो रसाइरहने ।
कोही सुक्क–सुक्क रोहीरहेका थिए ।
धेरै जना भक्कानिएका देखिन्थे् ।
सुक्क सुक्क रुनेहरुको कमि थिएन अनि कोही गहभरी आँशुका थोपा तप्प तप्प चुहाउथे।कोही चिसो बाट जोगीन ओढेको बर्कोले आमालाई सम्झीदै मुख छोपेर धित मरुन्जेल रोए ।
कारण आफना आमहरुलाई सहभागीहरुले सम्झिरहेका थिए ।
आखिर किन भयो यस्तो ?
कारण थियो मानवसेवा आश्रमले आयोजना गरेको आमा सेमिनार ।
आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले सेमिनारमा प्रशिक्षण दिइरहेका थिए ।
प्रशिक्षकअधिकारीले आमाको गुणगान र महिमा गाउँदा सम्म त हल शान्त नै थियो ।जब आमा–बाबुको मन दुखाएको पल स्मरण गराउँदै माफि माग्न लगाएर आमा बाबुको सुभआशिर्वाद आफ्नो शिरमा सदैव रहेको स्मरण गराएपछी कार्यक्रममा उपस्थित सबैजना आफ्ना आमा–बाबुलाई सम्झीएर भक्कानीए ।
मातृत्व र मातृभूमिप्रतिको दायित्व बोध गराउने, माता पिता र गुरुजनहरुप्रति सम्मान भाव बढाउने र पारिवारीक सम्बन्ध स्थापित गराउने सेमिनारको मुख्य उद्देश्य रहेको मानव सेवा आश्रम दाङका प्रमुख हिरु जोशीले जानकारी दिनुभयो । जोशीले कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सवैमा हार्दीक धन्ययवाद दिनुभएको छ ।
अपहेलित भई कष्टपूर्ण जीवन विताउन नपर्ने अवस्था निर्माणको लक्ष्य राखी मानवसेवा आश्रमले आमा सेमिनार देशभर गर्दे आएको छ । यो वर्ष देशभरका ४५ स्थानमा आमा सेमिनार गर्ने लक्ष्य आश्रमले लिएको छ ।
लुम्बिनी प्रदेश सरकारका अर्थ मन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले गर्नुभएको थियो ।
तस्बिर सौजन्य : हिरु मानवसेवाको फेशवुकवालबाट