
तुलसीपुर,२१ मंसिर
तुलसीपुर उपमहानगरपालीका वडा नं.७ मा रहेको राप्ती टोलमा समाजबाद अध्ययन केन्द« भवन निर्माणका लागी छलफल भएको छ ।जनयुद्धको सम्मान स्वरुप समाजबाद अध्ययन केन्द्र दाङमा आधुनिक भबन निर्माण गर्न छलफल भएको हो ।
सस्थाका अध्यक्ष पुर्ण बहादुर रावतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीका वडा नं ७ का अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतीथ्यता एवं नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कुबेर वलीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिसिले अध्ययन केन्द« भबन निर्माणका लागी आबस्यक सहयोग गर्न वडा तयार रहेको बताउनुभयो । समयमै योजना सम्पन्न गरेर समाजमा उदाहरणीय कार्य गर्न हौसला समेत दिनुभयो । उहाँले वडाको संरक्षणमा रहने गरी भबन निर्माण कार्यका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका विशिष्ठ अतिथि वलीले समाजबाद अध्ययन गर्न तथा खोज अनुसन्धान गर्न अध्ययन केन्दको अत्यन्तै महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
सस्थाका निबर्तमान सस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेम राज वलीले सस्थाको नयाँ कार्यसमिति तथा निर्माण समितिले खेल्नुपर्ने भुमिकाबारे जानकारी गराउनुभएको थियो ।भेलाले वीर बहादुर वलीको अध्यक्षतामा जनयुद्धको सम्मान तथा समाजबाद अध्ययन केन्द्र भबन निर्माण गर्न उपभोक्ता समिति गठन गरेको छ।सस्थाका उपाध्यक्ष वीर बहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव इश्वरी प्रसाद गैरेले गर्नुभएको थियो ।