२०८१ चैत्र ४ गते सोमवार

सुबिधा महिला कृषि सहकारीको सातौ साधारणसभा



दाङ, ३० मंसिर ।
सुबिधा महिला कृषि सहकारीले सातौ साधारणसभा गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को नवलपुरमा रहेको सो संस्थाले साधारणसभा गरेको हो ।

संस्थाका अध्यक्ष अरुणा राना मगरको अध्यक्षता तथा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यता ,ं साल्ट ट्रेडिङ घोराहीका प्रमुख रामवावु प्रसाद गुप्ताको विशिष्ट आतिथ्यता एवं तुलसीपुर ४ का वडा अध्यक्ष तुलसी थापाको मुख्य आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथी जिसीले सहकारीको माध्यमबाट सदस्यहरु आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । सहकारी मार्फत सदस्यहरु आत्मनिर्भर भएको बताउदै उहाँले आर्थिक समृद्धिका लागि सहकारीले महत्वपुणर् भुमिका खेलेको बताउनुभयो । देशको तीन खम्बे अर्थनितीमा सहकारीलाई एउटा खम्बाको रुपमा समेटिएको बताउनुभयो ।

सानो सानो रकमबाट पनि नागरिकलाई सहकारीमा आबद्ध गराउन सकिने भएकाले सहकारी मार्फत नागरिक आर्थिक रुपमा सक्षम हुने उहाँले बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी गुप्ताले बचत गरेर धनी हुन किसानहरु चनाखो हुनुपर्ने बताउनुभयो । पछिल्लो समय पर्याप्त ज्ञानको अभावमा रासायनीक मलको प्रयोग वढेको बताउनुभयो ।

यसरी जानकारी नलिएर प्रयोग गर्दा एकातर्फ धन खेर गैरहेको छ भने अर्को तर्फ माटो विग्रने गरेको उहाँको भनाई छ । किसानले धान,गँहु,मकै वाली रोप्नु अघिनै युरीया प्रयोग गर्नुनपर्ने बताउनुभयो । १८ प्रतिशत युरीया े डिएपी मलमा पहिले नै मिसावट भएकोले युरीया प्रयोग नगर्नुपर्ने हो तर जानकारी नहुँदा किसानको पैसा खेर गैरहेको बताउनुभयो ।

मुख्य अतिथी थापाले सहकारी संस्थाले वितरण गर्ने रासायनीक मल वितरण प्रणालीमा गुनासो आउने गरेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । संस्थाका सदस्य विभिन्न क्षेत्रका हुने तर मल वितरणको मापदण्ड निश्चित क्षेत्रमा मात्र तोकीने भएकाले यो विषयमा व्यापक छलफल गरेर अगाडी वढ्न आग्रह गर्नुभयो ।

कार्यक्रमा जग्गादाता शैलेस आचार्य,रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल लगाएतले बोल्नुभएको हो । संस्थाको आर्थिक तथा बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष रानाले पेश गर्नुभएको हो ।

संस्थाका संस्थाका सचिव रानीकला रोकाको स्वागत मन्तब्यबाट सुरु भएको सभाको सहजिकरण संस्थाका सदस्य राजकुमारी थापाले गर्नुभएको हो ।

साधारणसभामा विभिन्न व्यक्तीलाई सम्मान गरीएको छ । विपन्न तथा उत्कृष्ट छात्रातर्फ जनश्रम मा।वी खाद्रे कक्षा १ मा अध्ययनरत अन्तीम रेग्मी र उत्कृष्ट छात्रातर्फ कक्षा ४ मा अध्ययनरत बविता वि।क लाई क्रमश नगद ।५ हजार ५ रुपैयाले सम्मानीत गरीएको हो ।

यस्तै भवन निर्माणका लगी १ कठ्ठा जग्गा दान गर्ने जग्गादाता शैलेस आचार्य,भवन निर्माण स्थलमा पुग्ने बाटोको लागी जग्गा उपलव्ध गराउने जग्गादाताहरु सन्तोष आचार्य,विकास आचार्य र पवित्रा पुन मगरलाई पनि सम्मानीत गरीएको छ ।

यस्तै ज्येष्ठ नागरीक खगिसरा भुषाल,बर्ष उत्कृष्ट कृषक हिरा चौधरीलाई सम्मान गरीएको छ ।

साधारणसभाले तपाइको जमिन हाम्रो पसिना,कृर्षिबाट सम्पन्नताको सपना भन्ने मुल नारा सहित यसवर्षवाट भुमी बैङ्कको स्थापना गर्ने भएको छ । संस्थालाई प्राप्त भएको जमिनमा पनि यसै वर्ष कार्यलय भवन निर्माण गर्ने योजना ल्याइएको अध्यक्ष रानाले बताउनुभयो ।

संस्थाले नियमित, बाल, पेन्सन वचत तथा बिभिन्न ऋण कारोबार गर्दै आएको छ । कृषिमा आश्रीत सदस्यहरुलाई कृषिजन्य सामग्री रासायनिक मल,थ्रेसर मेसिन समेत उपलब्ध गराउदै आएको छ । यस्तै बिना बिषादी बीउ तथा खाद्यान्न भण्डारण गर्ने १५ जना किसानलाई उपहार स्वरूप झोला प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार