२०८१ असोज १८ गते शुक्रवार

गुरुकुल एकेडेमीको वाह्य वर्कशप सम्पन्न



घोराहि, १ पौष ।
गुरुकुल एकेडेमीले विद्यालयमा अध्ययनरत कक्षा प्रि २ देखि कक्षा ७ सम्मका विद्यार्थिहरुका लागि संचालन गरेको वर्कशप आइतबार  सम्पन्न भएको छ । घोराहि उपमहानगरपालीका भित्र रहेका बिभिन्न ४ होटलमा समुह बिभाजन गरी वर्कशप संचालन गरीएको थियाे ।

घोराहिमा रहेको होटल डोको , होटल माला इन , भिग्रेली रीसोर्ट र दाङ फन भ्यालि प्रालिमा बिद्यार्थिहरुलाई लगेर कार्यक्रम गरीएको हाे।

विद्यालयको कक्षा कोठा भन्दा फरक वातावरणमा लगि २-२ वटा कक्षाका विद्यार्थिलाई एक ठाँउमा राखि वर्कशप गरीएको हो । सानो कक्षाका विद्यार्थिहरुले ठुलो कक्षाबाट केहि सिक्ने र ठुलो कक्षाका विद्यार्थिहरुले सानालाई केहि सिकाउने भएकाले विद्यार्थिहरुको सर्वाङगिन विकासका लागि  वाह्य बातावरणमा लगि यस्तो वर्कशपकाे आयाेजना गरीएको विद्यालयले जनाएको छ ।

हरेक क्रियाकलाप घोकन्ते विद्या मात्र नभएर ब्यवहारीक ज्ञान पनि प्रदान गर्न मद्त पुग्ने भन्दै वर्कशप पनिले कन्फिडेन्ट लेभल बढाउने र धेरै अतिरीक्त कुराहरु सिक्ने अवसर रहेकाे  अभिभावक राम प्रसाद पोख्रलले बताउनुभयाे । साथै उँहाले आफ्ना छोरा गुरुकुलबाट ४ जिपिए ल्याउन  पनि यस्तै क्रियाकलापले सफल भएको बताउनुभयो ।

यस्तै अर्का अभिभावक माधव आचार्य पनि विद्यालयको काम प्रति निकै खुसि भएको बताउनुभयो । विद्यालयले ४ वटा समुहको नेतृत्व आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेल , शिक्षिक सुनिता रानि पुन , मन्टेस्वरी संयोजक लोचना पौडेल र विज्ञान विषयका बिभागिय प्रमुख भुवन आचार्यलाई खटाएको थियो ।

वर्कशपको ब्यबस्थापन ईसिए संयोजक विशालमान श्रेष्ठले गर्नुभएको थियो भने संयोजकमा महेन्द्र पौडेल रहनुभएको थियो ।

विद्यार्थिहरुको लागि विद्यालयले हरेक बर्ष यस्ता अतिरीक्त क्रियाकलापहरुमा विद्यार्थिहरुलाई सहभागि गराउदै आएको छ । गुरुकुल एकेडेमीले पुर्ण मानव बनाउने लक्षका साथै शैक्षिक क्रियाकलाप अगाडि बढाइरहेको छ । यहि लक्ष अनुरुप गुरुकुल एकेडेमीले २०८० बैशाखबाट तुलसिपुर र लमहिमा पनि विद्यालयहरु संचालनमा ल्याउन लागेको छ ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार