
गढवा, ३ पौष ।
गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने भएको छ।
पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ ।
शर्माका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।
गाउँपालिकाका निवर्तमान जनप्रतिनिधि, गाउँपालिका क्षेत्रभित्र क्रियाशिल सम्पूर्ण राजनैतिक दल,, सरकारी तथा गैरसरकारी संघ संस्था,सञ्चारकर्मिका साथै सम्पुर्ण गढवाबासीलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने गढवा गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार