२०८१ माघ १० गते बिहिवार

दाङका तीन सिमेन्ट उद्योगको दुई अर्ब बढी विद्युत महशुलको बक्यौता



दाङ, ८ पुस ।
दाङका तीनवटा सिमेन्ट उद्योगले दुई अर्ब ६२ करोड १७ लाख ३४ हजार चार सय ३५ रुपैयाँ ४८ पैसा बक्यौता तिर्न बाँकी छ । जसमा एक अर्ब ५३ करोड ८९ लाख २९ हजार ८२ रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेकाले घोराही सिमेन्ट उद्योगको लाइन काटिएको छ।

६४ करोड २० लाख १५ हजार नौ सय ६ रुपैयाँ बक्यौता, तिर्न बाँकी सोनापुर मिनरल्स एण्ड आयल्स प्रालि र ४४ करोड सात लाख ८९ हजार चार सय ४७ रुपैयाँ नतिरेको सतवरियाको सम्राट सिमेन्टको लाइन भने कटैको छैन ।

प्राधिकरणको विद्युत महसुल संकलननियमावली, २०७८ को नियम १० को ’विद्युत लाइन काट्नेसम्वन्धी व्यवस्था’ अझै दाङका दुई सिमेन्ट उद्योगलाई लागु भएको नै छैन। मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत लाइन काटिने व्यवस्था नियमावलीमा छ ।

नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले प्राधिकरणको निर्देशन बमोजिम घोराही सिमेन्ट उद्योगको लाइन काटिएको जानकारी दिनुभएको छ । एक अर्ब भन्दा माथि बक्यौता भएकाको लाइन काटिएको जानकारी दिदै उहाँले उद्योगको बारेमा कुनै निर्देशन नआएको बताउनुभयो । माथिको निर्देशनबमोजिम घोराही सिमेन्टको लाइन काटिएको उहाँले बताउनुभयो ।

उहाँले पुरानो बक्यौता नतिर्दासम्म लाइन नजोडिने जानकारी दिदै प्राधिकरणको निर्देशन अनुसारनै डेडिकेटेट लाइनको विद्युत काटिने बताउनुभयो । उता सम्राट सिमेन्ट उद्योग हेरिरहेको लमही वितरण केन्द्रका प्रभुख युवराज रावतले सम्राटको पनि विवरण माग भएको र विवरण पठाइएको बताउनुभयो ।।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार