२०८१ जेष्ठ १६ गते बुधवार

ब्राउनसुगरसहित तुलसीपुरवाट तीन जना पक्राउ



तुलसीपुर,२० पुस।

दाङको तुलसीपुरमा लागुऔसध ब्राउनसुगरसहित तीन जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा  तुलसीपुर ९ बेलुवाका २१ वर्षिय प्रदीप बुढाथोकी, सोही ठाउँका २१ बर्षकै सन्जिब कठायत र २१ बर्षकै चन्द्रप्रकाश केसि रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी प्रबक्ता  नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर–५ स्थित एक रेष्टुरेन्टमा लागुऔसधको कारोबार भैरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेकाे हाे ।

उनिहरू ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित शुक्रबार  बेलुका प्रकाउ परेका हुन । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार