२०८० फाल्गुन १३ गते आइतवार

दाङमा आज यो वर्षकै चिसो



दाङ्ग,२४ पुस ।
दाङमा आज (मंगलवार) यो वर्षकै कम अधिकत तापक्रम २१ डीग्री सेल्सीयस रहेको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको न्युनतम तापक्रम यो वर्ष कै कम रहेको हो। दाङको आजको न्यूनतम तापक्रम ५ दशमलव ३ डीग्री सेल्सीयस मापन गरिएको छ ।

यस्तै आज साँझ साढे ५ बजे पछिको हावाको गति १ मिटर प्रति सेकेन्ड रहेको र औषत सापेक्षित आद्रता ६२ प्रतिशत रहेको मौसम कार्यालय दाङले जनाएको छ ॥

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार