२०८१ जेष्ठ १६ गते बुधवार

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षकाे मृत्यु



                फाइल तस्बिर

कञ्चनपुर ,२६ पुस।

मोटरसाइकल दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ।

गएराति भीमदत्त नगरपालिका-६ ऐठीपुरस्थित भित्री सडकमा उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष खड्काको मृत्यु भएको हो।

कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार आज बिहान मोटरसाइकल दुर्घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल पुगेको प्रहरीको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल र वडाध्यक्ष खड्कालाई मृत फेला पारेको डिएसपी डाँगीले जानकारी दिनुभयाे। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले  बताउनुभयाे सेताेपाटीमा खवर छ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार