२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुर ११ उरहरीकाे बारीमा पुरूषकाे शव फेला



दाङ,२६ पुस ।
तुलसीपुर उपमहानगरपालीका-११ उरहरीमा एक पुरूषको शव फेला परेको छ ।

उरहरि स्थित हाईवेय देखि करीब  २५ मिटर पुर्बतर्फ रहेको बारीमा अपरिचत एक पुरूषको  शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले बताउनुभयो ।उहाँका अनुसार करिव बर्ष ४२र४३ वर्षको जस्तो देखिने दुवै आँखा नभएको र शरिर दुर्गन्धित अवस्थामा पुरूषको शव फेला परेको हो ।

मृत अबस्थामा बारीमा पुरूषको शव रहेको भनि स्थानियले प्रहरीलाई खवर गरेका थिए । मृत अवस्थामा फेला परेका व्यक्तीले युएस आर्मी लेखेको सेतो टाटेपाटे रङको ज्याकेट,कालो धर्के ट्रयाक सुट र कालो रङको स्पोर्ट सुज लगाएको प्रहरीले जनएको छ ।

शवलाई अहिले पोष्ट मार्टमको लागि राप्ती प्रदेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार