२०८० फाल्गुन १३ गते आइतवार

दाङमा अनटेष्ट माेटरसाईकल ठाेक्किदा चार जना घाइते 



फाईल फोटो

तुलसीपुर,१९ माघ।

तुलसीपुरमा दुईवटा माेटरसाईकल एक आपसमा ठाेक्किदा चार जना घाइते भएका छन ।

शुक्रबार दिउसाे तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको अनटेस्ट माेटरसाईकल संग घाेराहीबाट तुलसीपुर तर्फ आउदै गरेको बा ५० प ९८८७ नम्बरकाे  मोटरसाईकल एक आपसमा ठाेक्किएर दुर्घटना भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नबचन्द्र मल्लले जानकारी दिनुभयाे ।

घाेराही-तुलसीपुर सडक खन्ड अन्तरगत तुलसिपुर-१८ बिजाैरीमा शुक्रबार दिउसाे पाैने दुई बजे भएकाे माेटरसाईकल दुर्घटनामा चार जना घाईते भएकाे प्रहरी प्रबक्ता मल्लले जानकारी दिनुभयाे ।

दुर्घटनामा तुलसीपुर-१६ फच्चकल्वाका २७ वर्षका अनटेष्ट मोटरसाईकल  चालक ओम घर्ती मगर,साेहि माेटरसाईकलमा सवार उहाँकि २६ वर्षकी श्रीमती सलिना गिरी घर्ती र ६ बर्षकि छाेरी यरिया मगर घाईते भएका छन ।

प्रहरीका अनुसार माेटरसाईकल चालक ओम घर्तिकाे बायाँ खुट्टामा सामान्य चाेट लागेकाे छ । यस्तै  उहाँको श्रिमति सलिना गिरि घर्तीकाे दुबै खुट्टा र टाउकोमा चाेट लागेकाे  छ ।बाबू आमा संगै सवार छाेरी यरिया मगरकाे  टाउको र मुखमा चोट लागेकाे छ। आमा छाेरीकाे अवस्था  मध्यम  रहेकाे प्रहरीले जनाएकाे छ ।

घाइतेहरूकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि सीटी अस्पताल तुलसीपुरमा भर्ना गरेर उपचार भईरहेको प्रहरी  प्रबक्ता मल्लले बताउनुभयाे ।

दुर्घटनामा बा ५० प ९८८७ नम्बरकाे माेटरसाइकल चालक शारदा नगरपालिका- १२ का १७ बर्षिय अभिषेक बस्नेतकाे अबस्था भने सामान्य रहेकाे छ ।

 

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार