२०८१ असार १ गते शुक्रवार

दाङमा लागुऔषध ब्राउनसुगर सहित एकजना पक्राउ



दाङ, १९ माघ ।
लागुऔषध ब्राउनसुगर सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसिपुर उपमहानगरपालिका-१८ का दिवश ढकाल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी  दिनुभयो ।

तुलसीपुर-१८ मा रहेकाे बेलझुन्डी क्षेत्रमा लागुऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई तिन सय तिस  मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रबक्ता मल्लले बताउनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार