२०८० फाल्गुन १३ गते आइतवार

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



अर्घाखाँची ,२० माघ।
अर्घाखाँचीको भुमिकास्थानस्थित ढाकावाङ्गमा जिप दुर्घटना  भएको छ।

शनिवार बिहान ढाकावाङ्गको थापाडाँडामा भएकाे जिप दुर्घटना  परि २ जनाको मृत्यु भएको हाे ।

लु १ ज १६७९ नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी वर्ष ३५ का भुमिकास्थान-२ का डेवा बेल्वासे र सन्धिखर्क-८ का अन्दाजी ४७ वर्षका डेमकला आचार्यको मृत्यु भएको वडा सदस्य नारायण खनालले जानकारी दिनुभयो ।

ओरालोमा गाडी राखेको र ओट नलगाएका कारण दुर्घटना भएको स्थानीयको अनुमान छ ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार