दाङ,२१ माघ ।
तुलसीपुरमा शान्ति नमुना महिला संसद संचालनका लागि आइतबार छलफल तथा अभिमुखिकरण कार्यक्रम राखीएको थियो ।
सोही कार्यक्रममा प्रमुख अतिथिकिो भुमिकामा रहनुभएका तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले सम्बोधनका क्रममा विकास भनेको सबैजना ढ्वाङग्रो र कल्भर्टलाइ मात्र माग्छन भनेपछि कार्यक्रम हलमा बसेका सहभागीहरूमा हाँसोको फोहोरा उठ्यो ।
सुरुमा ढ्वाङग्रो शव्दले सबैको ध्यान केन्द्रीत गर्याे। यसको अर्थ खोज्दा भन्न खोजिएको ह्युमपाइप र कल्भर्ट तर्फ गरिने कामलाई मात्र विकासको संज्ञा दिने तर मानविय विकासलाई वेवास्ता गर्ने गरेको कार्यक्रममै पुष्टि गर्नुभयो ।
अधिकांश महिलाहरुले नेतृत्व विकासका कार्यक्रमको योजना ल्याउनुको साटो भौतिक निर्माणलाइ मात्र विकास मान्ने गरेको उल्लेख गर्नुभयो । नेतृत्व विकास नहुँदा सबै क्षेत्रको सम रुपमा विकास गर्न नसकिने उपमेयर चौधरीको भनाई थियाे।
महिलामैत्री कानुन बनेपनि नेतृत्व तहमा महिलाहरुको अर्थपूर्ण सहभागिता हुननसकेको सरोकारवालाले बताएका छन ।
तुलसीपुरमा शान्ति नमुना महिला संसद गठनका लागी तयारी स्वरुप सरोकारवालसंग राखिएको छलफल तथा अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसीपीसी) ले जनप्रतिनिधि महिला र सरोकारवालाको सहभागितामा शान्ति नमुना महिला संसद संचालन गर्न लागेको हो ।
महिलालाई हरेक ठाउँमा अर्थपूर्ण सहभागिता बढाउन र महिलाको नेतृत्व विकासका लागि शान्ति नमुना महिला संसद संचालनको तयारी अघि बढेको छ ।
केन्द्रका अध्यक्ष नवराज लामिछानले संसदको झल्को दिने गरी शान्ति नमुना महिला संसद संचालन गर्न लागिएको जानकारी दिनुभयो । संस्थाले १५ वर्ष अघि २०६५ सालमा पनि सोहि कार्यक्रम संचालन गरेपछि धेरै महिला नेतृत्व तहमा आउन सफल भएको बताउँदै उहाँले अहिले पनि शान्ति नमुना महिला संसद संचालनको तयारी अघि बढेको बताउनुभयो । करिब ७२ जनाको सहभागीतामा संसद संचालन गरिने अध्यक्ष लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार तुलसीपुर उपहानगरपालिकाका १९ वटै वडाका ३८ जना महिला जनप्रतिनिधि, विज्ञताका आधारमा २० जना छनौट गरिने र १४ जना पर्यवेक्षक, मर्यादापालक, विज्ञ लगायतकाको सहभागीता हुनेछ ।
सभामुख सहित ५८ जनाले संसद संचालन गर्ने उहाँले बताउनुभयो । १५ वर्ष अघि गठन भएको शान्ति नमुना महिला संसदको विघटन गरी नयाँ आरम्भ गर्ने तयारीका लागि आइतबार तुलसीपुरमा पहिलो बैठक बसेको अध्यक्ष लामिछानेले बताउनुभयो । संसद तीन महिनासम्म संचालन गरिने छ ।
नमुना संसद अहिले न्यूसिपीसिले संचालन गरेपनि पछि विस्तारै स्थानीय सरकार आफैले गर्नुपर्ने उहाँले बताउनुभयो । घरेलु हिंसा न्यूनिकरण गर्ने र दिगो शान्ति स्थापना गर्ने लक्ष्यका साथ शान्ति नमुना महिला संसदको अवधारणा अघि सारिएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य बसन्ता केसीले महिलालाई नेतृत्व तहमा सक्षम बनाउन शान्ति नमुना महिला संसद संचालनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले संविधानले महिलालाई कोटाको व्यवस्था गरेकाले मात्रै महिला नेतृत्व तहमा पुग्ने गरेपनि अब महिला आफै पनि प्रतिष्पर्धा गर्न सक्षम भएको बताउनुभयो ।
उहाँले अब तुलसीपुरमा संचालन हुन लागको शान्ति नमुना महिला संसदले महिलालाई नेतृत्व तहमा पुगेर नीति निर्माण बनाउने देखि कार्यान्वयनसम्ममा सफलता गराउने बताउनुभयो।
कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरी, बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष शावित्रा विश्वकर्मा लगायतले महिलालाई नेतृत्व तहमा आउन शान्ति नमुना महिला संसदको अभ्यासले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । न्यूसीपीसीका उपाध्यक्ष बिजय केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव नाानीमैया केसीले गर्नुभएको हो ।