२०८१ साउन ८ गते बुधवार

किसानलाई कृषि औजार हस्तान्तरण



तुलसीपुर,२५ दाङ।

जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था विजौरीले किसानहरुलाई कृषि औजार हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेकाे भट्टे कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुलाई एक कार्यक्रमका बिच सहयोग स्वरुप उक्त औजार हस्तान्तरण गरिएको हो ।

सस्ंथागत उत्तरदायीत्व कोष अन्तर गतउक्त औजार हस्तान्तरण गरीएको हाे ।

गाउँघरमा अझै पनि हातले मकै छोडाउँने र समय धेरै खर्च हुने गरेको भन्दै मकै छाेडाउने थ्रेसर अनुदानमा उपलब्ध गराएको जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्थाका केन्द्रिय प्रवन्धक एमुना गौतमले बताउँनुभयो ।

मकैको घोगा एक भागबाट मेसिनमा राख्ने र अर्को भागबाट हेन्डिल घुमाए मकै एकैछिनमा छोडाउन सकिने भएकाले प्रविधिको विकाससंगै किसानहरुको माग बमोजिम उक्त मेसीन उपलब्ध गराएको उहाँले बताउँनुभयो ।

जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था विजौरी शाखा प्रबन्धक माधवा रेग्मीले सानो सानो वस्तुले ठुलो काम सम्पन्न हुने भन्दै लघुबित्तसंग सहकार्य गरेर आयआर्जन गरि आम्दानी बढाउँने, ब्यवसायीक तरीकाले अगाडि बढ्नका लागि सहयोग गर्दै आएको बताउँनुभयो । दुरदराजका नागरिकहरुको हरेक समस्यामा लघुबित्तले सहयोग गर्दै आएको भन्दै जाल्पाले महिलाहरुमा पाठेघरको शल्यक्रिया भएमा उपचार खर्च, सुत्केरी हुँदा पोषण स्याहार कार्यक्रम, पशु सेवा अन्र्तगत पशु विमा, सेयर सदस्यहरुका लागि विषेश भइपरि आउँने समस्यामा सहयोग गर्दै आएको छ ।

सहकारीमा आवद्ध भट्टेका कृषकहरुले जाल्पाले भईपरि आएको समयमा सहयोग गरेको भन्दै खुसी ब्यक्त गरेका थिए।

भट्टे सहकारी सस्ंथा लिमीटेड तुलसीपुरका अध्यक्ष कर्ण बहादुर वलीको अध्यक्षतामा मेसीन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण  राजेश रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार