२०८० फाल्गुन १३ गते आइतवार

गढवा गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान



गढवा, २६ माघ।

गढवा गाउँपालिकाले ज्येष्ठ  नागरिकहरुलाई सम्मान गरेकाे छ। शुक्रबार एक कार्यक्रम गरेर सम्मान गरिएको हाे।
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान तथा जीवन दर्शन सम्बन्धी एकदिने कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

पालिकाले गाउँपालिकाको ८ वटैवडाका ४० जना जेष्ठ नागरिक, अति बिपन्न, अशक्त जेष्ठ नागरिकहरुलाई सम्मान गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ।
शाखाले दिएको जानकारी अनुसार यस भन्दा पहिले ८० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने यस वर्ष  ६० बर्षदेखी माथीका जेष्ठ नागरिक, अशक्त तथा अति बिपन्न जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। जेष्ठ नागरिकहरुलाई जीवन दर्शन सम्बन्धी ज्ञान समेत दिईएको थियो भने सम्मान गर्दै थर्मस, टर्चलाईट समेत प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरिएको थीयो।

६० वर्ष पुगेका तथा सो भन्दा माथि उमेरका वृद्धवृद्धाहरुलाई सम्मान गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो । बाँकी रहेका वडाका तथा छुटेका वृद्धवृद्धाहरुलाई अगामी दिनहरुमा सम्मान गरिने अध्यक्ष पोख्रेलले बताउनुभयो ।
सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत, वडासदस्यहरु लगायतकाको सहभागिता रहेको थियोे ।
जीवन दर्शन कार्यक्रममा मुख्य प्रशिक्षक श्याम कुमार सुबेदी रहनुभएको  कार्यक्रमको सहजिकरण कर्मचारी  प्रेरणा चन्दले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार