दाङ, २९ माघ ।
दाङको बंगलाचुली गाँउपालिकाले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँ कार्यपालिकाको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द«कान्त पौडेलले सूचनामार्फत जानकारी दिनुभएको छ।
’प्रस्तुत विषयमा बंगलाचुली गाउँ कार्यपालिकाको बैठकले जनयुद्ध दिवस २०८० को उपलक्ष्यमा फागुन १ गते बंगलाचुली गाउँपालिका कार्यालय, मातहतका सबै सरकारी कार्यालय तथा सम्पूर्ण विद्यालयहरूमा एक दिन स्थानीय बिदा दिने भनी निर्णय गरेकाले सोहीबमोजिम सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।
गाँउपालिकाले जारी गरेको सूचना
अघिल्लो वर्षबाट दिन थालिएको यो बिदालाई सर्वोच्च अदालतले रोक लगाइसकेको छ । जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेपछि सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्ण पाठ यस अघिनै सार्वजनिक भैसकेको छ ।
सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्दलाई संविधानले मान्यता दिएको वा पहिचान गरेको अवस्था नदेखिएको प्रस्ट पारेको छ । उक्त रिटका सम्बन्धमा सर्वोच्च अदालतले गत पुस १३ मा फैसला गर्दै जनयुद्ध दिवसका दिन बिदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको थियो ।