२०८१ चैत्र ५ गते मङ्गलवार

झन्डै दुई करोड नेपाली नक्कली नोट सहित भारतीय नागरिक पक्राउ



दाङ,२९ माघ ।
सुनसरीको ईनरुवा नगरपालिकाबाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य बिरपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सफि हिजो (आइतबार) BR ११ X ३४२९  नम्बरको स्कारपियो गाडीमा नक्कली नोट सहित पक्राउ परेका हुन । प्रहरीले चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा नेपाली नक्कली नोट लुकाएर राखेका अठार हजार दुई सय एकाउन्न थान अर्थात एक करोड बयासी लाख एकाउन्न हजार बरामद गरिएको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार