२०८१ जेष्ठ १६ गते बुधवार

दाङमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु



दाङ, ३ फागुन ।
दाङमा स्कारपियो गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट प्युठानको झिमुरक-१ घर भई दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बस्ने ३५ वर्षिय राधा बस्नेत र उहाँकी बहिनी १६ वर्षिय विपना केसीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले बस्नेतले चलाएको साइकललाई बुधबार दिउँसो साढे चार बजेतिर राप्ती गाउँपालिका-८ पिपरी नजिकै ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भिर घाईते बस्नेतलाई लमही अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए । गाडीको ठक्करबाट सोहि साइकलमा पछाडी सवार १६ वर्षिय केसीको उपचारको क्रममा बुटवलमा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार