
दाङ, ३ फागुन ।
दाङमा गोली प्रहारबाट एक महिला प्रहरी जवानको मृत्यु भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापाको उनकै श्रीमानले गोली हानेर हत्या गरेका छन्।
थापालाई उनका श्रीमान प्रहरी सहायक हवलदार यम बहादुर झाँक्रीले गोली हानेर हत्या गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुबेदीका अनुसार गोली हानेर आफनै श्रीमतीको हत्या गर्ने झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगञ्ज बाँके) मा कार्यरत थिय ।
गोली लागेर घाइते प्रहरी जवान थापालाई उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पुर्याय लगत्तै अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो।
बिहीबार साँझ साढे ८ बजेतिर पल्सर ‘टु ट्वाईन्टी मोटसाईकलमा’ आएका थापाका श्रीमान प्रहरी सहायक हवलदार यमबहादुर झाँक्रीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
उनलाई लमहीको अर्जुनखोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । करिब तीन राउन्ड पेस्तोलको गोली चलेको थियो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।