२०८१ साउन ८ गते बुधवार

तुलसीपुरमा माेटरसाईकलकाे ठक्करबाट बालक घाईते



तुलसीपुर,४ फागुन।

तुलसीपुरमा माेटरसाईकलकाे ठक्करबाट एक बालक घाईते भएका छन ।

तुलसीपुरबाट कौवाघारी तर्फ जाँदै गरेको रा ६ प ३१६२ नम्बरको माेटरसाईकलकाे ठक्करबाट बाटाेमा हिडिरहेका  पैदल यात्री तुलसीपुर-११ कटाहका दिनेश परियारका १० वर्षिय छाेरा धिरज परियार घाईते भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी सवा ६ बजेतिर बाबुछाेरा संगै बाटाेमा हिडिरहेका बेला धिरजलाई माेटरसाईकलले कटाहमा ठक्कर दिएकाे थियाे ।

घाईते भएका बालककाे अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । धिरजकाे दुवै हातको कुममा चोट लागेकाे छ । उनकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार