दाङ,७ फागुन ।
लुम्बिनी प्रदेशको राजधानी दाङको तुलसीपुरमा देशको पुरानोे टरिगाँउ विमानस्थल छ । वि.सं २०११ सालमा बनेकोे यो विमानस्थल स्थापनाको ७० वर्ष भयो । यहि विमानस्थल भएर ओहोरदोहोर गर्नेहरु देशको उच्च ओहोदामा पुगेर पटक-पटक संसद भवन छिरे दर्जनौ पटक मन्त्री भएर वागडोर सम्हाले तर स्तरोन्नतीका लागि अहिलेसम्म गतिलो प्रयास भएको देखिदैन । यो टरिगाँउ एयरपोर्टमा जम्मा भएकाहरुको छलफल थियो ।
यहि पिडित विमानस्थलमा सोमबार विहान घोराही-१८ नवलपुरका १४ वर्षिय सक्सेस जिसि हवाईजहाज उडाउन आइपुगे । उनले एन ९–४८६ नाम दिएर जहाज निर्माण गरेका थिए । सोहि तयार गुरुकुल एयरको हवाईजहाजले नमुना उडान सफलतार्पुवक भ¥यो । हेर्न आएकाहरुको तालीले उनै जिसिको चेहेरामा झनै खुशियाली दिलायो ।
उडान भरेको हेर्न पुगेकाहरु नेतालाई गतिलो झापड भनेर रमाइरहेका थिए ।विमानस्थल विस्तार भएमा ७२ सिटे जहाज उडाउन सकिने भनिएको रनवेमा उनै जिसिले तयार गरेको ८ सय ५० ग्राम तौल भएको हवाईजहाजले नमुना उडान भरेको हेर्ने दर्शकको संङ्ख्या पनि उल्लेख्य थियो ।
सोमबार नमुना उडान भरेको हवाईजहाज बनाउन व्रसलेस मोटर,कन्ट्रोलर र व्याट्री प्रयोग गरिएको छ। जहाज निर्माणका लागी अहिले सम्म २० हजार रुपैँया खर्च भइसकेको छ । यसका लागि आवश्यक सामाग्री काठमान्डौँबाट खरिद गरेर ल्याइएको थियो । हवाईजहाजलाई रेडियो मिटरको सहायताले उडाईएको हो।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
अर्घाखाँचीमा जन्मिएका उनि अहिले घोराही उपमहानगरपालिका-१८ नवलपुरमा बस्दै आएका छन् । भोजराज जिसि र मिरा जिसीका एक्लो सन्तान हुन् सक्सेस जिसि । अहिले बुवा भोजराज अमेरीकामा छन् भने आमा मिरा जर्मनमा बस्दै आएका छन् । उनिभने ठुलीआमाको छोरी दिदि र सानीमाको रेखदेखमा घोराहीमा अध्ययन गरिरहेको बताउछन् ।
उनलाई यो हवाईजहाज बनाउन करिब दुई महिनाको समय लागेको थियो । घोराहीमा रहेको गुरुकुल एकेडेमी कक्षा ९ मा अध्ययनरत जिसिले आकाशमा जहाज उडेको देखेपछि बनाउन सकिन्छ भन्ने अठोटका साथ सानै उमेरमा प्लेन बनाएर उडाउने योजना अघि बढाएका थिए । भविष्यमा इन्जिनिएर बन्ने सपना बोकेका जिसि पढाइमा सानैदेखि तिक्ष्ण क्षमता भएको उनका गुरु भुवन आचार्य बताउछन् ।उनि विद्यालयका लगनशिल र मेहनति विद्यार्थी हुन् ।
विभिन्न स्थानहरुमा आयोजना गरिने विज्ञान प्रदर्शनि लगाएतका कार्यक्रममा पनि सक्रियपूर्वक सहभागिता जनाउने गरेका छन् । उनि जस्तै विद्यार्थीहरुबाट उतकूष्ट प्रतिभा पहिचान गरेर विद्यालयले अतिरिक्त क्रियाकलापमा सहभागी गराउदै आएको छ । सक्सेसमा पनि त्यस्तै उत्कृष्ट क्षमता देखेपछि उनका लागि थप हौसला प्रदान गरेर मार्गनिर्देश गरिरहेको शिक्षक आचार्यले बताउनुभयो ।
उनको लगनशिलता र मेहनतबाट परिवार र विद्यालय पनि उत्साहीत रहेको गुरुकुल तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो । यस्तै नवप्रतिभाहरुलाई विद्यालयले प्रोत्साहन गर्ने गरेको छ ।सक्सेसले तयार गरेको हवाईजहाजबाट आफु उत्साहित भएको प्रधानाध्यापक गिरीले बताउनुभयो ।यसअघि उनिहरुको समुहले लाइन फोलोइङ रोवोट,ड्रोन लगाएतका सामाग्री निर्माण गरेर परिक्षण समेत गरिसकेको छ । कक्षा ९ मा चालु शैक्षिक वर्षमा गुरुकुल एकेडेमी घोराहीमा सक्सेस भर्ना भएका थिए ।
सक्सेसको जहाज उडाउने सपना आज टरिगाँउ विमानस्थलमा भएको नमुना उडान परिक्षणले सक्सेस भएको गुरुकुल एकेडेमीका सिइओ इन्जिनिएर अन्नतराज घिमिरेले बताउनुभयो ।सक्सेसले नमुना जहाज त उडाय,तर नेताले गफमात्र लगाए । जिसिको जहाज उडाउने सपना पुरा भएपनि दाङवासीको ७२ सिटे जहाँजमा उड्ने सपना भने अधुरै रहेको छ । विमानस्थल स्तरोन्नतीको सवालमा दलहरु आरोप प्रत्यारोमै सँधै समय खेर फालिरहेका छन्।
सोही कार्यक्रममा पुगेका तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहले पनि सक्सेसले नमुना उडान भरेपछी दंगाली नेतालाई लाज लाग्ने अवस्था सृजना गराएको टिप्पणी गर्नुभयो । सबैदलका नेताहरु उच्च तहमा पुग्दा समेत विमानस्थलको स्तरोन्नती नहुँदा प्लेन चढ्नकै लागि नेपालगञ्ज र भैरहवा जानुपर्ने बाध्यता लज्जासपद रहेको बताउनुभयो ।
सरकारले चालु वर्षको बजेट भाषणमा दाङको टरिगाउँ विमानस्थल स्तरोन्ती गर्ने विषय प्रस्तुत भएको थियो तर बजेट रकम उल्लेख थियन ।
लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी मूख्यमन्त्री भएलगत्तै कार्यभार समहालेपछि टरिगाँउ विमानस्थल प्राथमिकतामा राखेको बताएका थिए । तर अहिलेसम्म प्रदेश सरकारको तर्फबाट त्यस्तो कुनै ठोस योजना अघि सारिएको देखिदैन ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले भने विमानस्थल बनाउने अधिकार संघिय सरकार मातहत भएका कारण पनि प्रदेश सरकारले चालु वर्षमा बजेट बिनियोजन गर्न नसकेको यसअघिनै एक कार्यक्रममा बताएका थिए । समग्रमा टरिगाँउ विमानस्थलको विस्तारका लागि पहल गरिनेछ भनेर हरेक वर्ष निति बनाउने तर बजेट विनियोजन नगर्ने परिपाटी फेरीपनि दोहोरिएको छ । अजाको नमुना उडालने बालकको क्षमतालाई थप प्रोत्साहन गरेको छ भने टरिगाँउ विमानस्थल स्तरोन्नतीमा उदासिन नेतृत्वलाई सतर्क बनाएको अनुमान गरिएको छ । सारमा हेर्दा अहिलेसम्म टरिगाँउ विमानस्थल स्तरोन्नतीका लागी गम्भीर कोही देखिएका छैनन ।
गुरुकुल एकाडेमी तुलसीपुरको आयोजनामा भएको नमुना हवाईजहाज उडान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका-६ का अध्यक्ष दुजमान भण्डारी,पूर्वाधार विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष विरबहादुर विक,डिभाईन टेम्पल एकेडेमीका सिइओ भोजराज न्यौपाने,लक्ष्य एकेडेमीका प्रधानाध्यापक लोकेन्द« बहादुर खड्का लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द« बुढाले गर्नुभएको हो ।