२०८१ चैत्र ४ गते सोमवार

तुलसीपुरमा स्कुल भ्यानले स्कुटीलाई ठक्कर दिदा एकजना घाइते



तुलसीपुर,८ फागुन ।

तुलसीपुरमा स्कुल भ्यानले स्कुटीलाई  ठक्कर दिदा एकजना घाईते भएका छन ।

आज(मंगलबार) साँझ साढे ६ बजेतिर  तुलसीपुर-६ बरुवागाँउमा गाेर्खा बोडिङबाट बबई क्याम्पस तर्फ जाँदै गरेको रा १ च ६४६ नम्बरकाे संस्कार पाठशालाको बिद्यार्थी बोक्ने भ्यानले सोही दिशा तर्फ जाँदै गरेको रा ७ प ६३३२ नम्बरकाे स्कुटीलाई ठक्कर दिएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयाे।

भ्यानकाे ठक्करबाट स्कुटि चालक  तुलसीपुर-६  निवासी  २६ वर्षकी  प्रमिला बस्नेत घाइते भएकी हुन । प्रहरी प्रवक्ता मल्लका अनुसार भ्यानको ठक्करबाट घाइते बस्नेतको दुवै हाँत भाँचिएकाे छ । राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि अहिले राप्ती लाइफ केयर अस्पतालमा रिफर गरेर उपचार भैरहेको छ ।उनकाे अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार